|

नव विवाहिता महिला मृत अवस्थामा फेला

सन्तोष सिंह, सर्लाही, पुस १५- सर्लाहीमा नव विवाहिता महिला मृत अवस्थामा फेला परेकी छन्। पत्थरकोट-७ हिरापुरमा आइतबार दिउँसो एघर महिनाअघि वैवाहिक बन्धनमा बाँधिएकी १८ वर्षीय ममता महतो मृत अवस्थामा फेला परेकी हुन्। स्थानीय रामकिसुन महतोकी दोस्रो श्रीमती महतो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

घर पछाडिको ढोकामा लडेको अवस्थामा ममताको शव फेला परेको हो। ममताको परिवारमा श्रीमान र श्रीमति मात्र छन्। दिउँसो खाजाका लागि तयार पारिएको भुटेको मकै, चाउमिन, दुधलगायत खानेकुरा छरपस्ट तथा ओछ्यान अस्तव्यस्त अवस्थामा रहेकाले ममताको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतक महतोको नाकमा ढाम देखिए शरीरमा कुनै छाप भने नखिएकाले हत्या हो या आत्महत्या भन्न नसकिने इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताए।

ममताको मृत्युलगतै श्रीमान रामकिसुन फरार भएका छन्। श्रीमान फरार भएकाले घटना थप रहस्यमय बनेको प्रहरीले जनाएको छ। स्थानीयले ममताको हत्या गरिएको बताएका छन्। मृतक ममताकी आमा गुचियादेवीले ज्वाई रामकिशुन पर स्त्रीसँग अनैतिक सम्बन्ध राख्ने र मादक पदार्थ सेवन गरेर छोरीलाई पटक-पटक कुटपिट गर्दै आएको बताए।

एक वर्षअघि रामकिसुनकी जेठी श्रीमतीले एक छोरा र एक छोरीसहित आत्महत्या गरेकी थिइन्। उनको मृत्युलगतै रामकिसुनले ममतासँग विवाह गरेको स्थानीयले बताए। घटना सम्बन्धमा आश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।स्रोत : नागरिक न्यूज

Posted by Butwalonline on 6:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " नव विवाहिता महिला मृत अवस्थामा फेला"

Leave a reply