मलेसियामा एक नेपाली युवाको मृत्यु
सोलुखुम्बु, पुस १५ - वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका देउसा-४ सोलुखुम्बुका एक युवाको मृत्यु भएको छ। दुईवर्ष अघि मलेसिया गएका ३६ वर्षीय डाकबहादुर राईको दुई दिनअघि मृत्यु भएको खबर उनका साथीले फोनमार्फत दिएका हुन्। राईका श्रीमती, एक छोरा र एक छोरी हाल सल्लेरीमा बसोवास गर्छन्। काम गर्दै गरेको ठाउँबाट चारदिन अघि हराएका र दुईदिन अघि मृत भेटिएका थिए। रासस(स्रोत :नागरिक )