९८ वर्षीया महिलाले झुन्डिएर आत्महत्या गरीन
विराटनगर, पुस १४ - मोरङको टङ्किसिनुवारीमा ९८ वर्षीया महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज दिउसो करिव १२ बजेतिर टंकीसिनुवारी-४ स्थित चन्द्र मगरको घरमा बस्दै आएकी निजको बुढीआमा लक्ष्मीमाया मगरले आत्महत्या गरेकी हुन्।
गाईको गोठमा बाँसको बलामा झुण्डिरहेको अवस्थामा उनको मृत शरीर फेला परेको प्रहरीले जनाएको छ। मृत शरीरलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएको र घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। ।स्रोत : नागरिक न्यूज