|

गज़ल

हराएकोप्रीतलाई बल्झाउन खोजेँ
चुँडिएको मालालाई अल्झाउन खोजेँ

पुराना ती यादलाई कोट्याएर फेरी
बिर्सिएको अतीतलाई सम्झाउन खोजेँ

धेरै बर्ष नभेटेर टाढा हुँदा मन
गुमाएको आशालाई,बिउंझाउन खोजेँ

नङ् र मासु जस्तो मायाँ बादलुले ढाक्दा
विगतका भूलहरू सिध्याउन खोजेँ


कुरा काट्ने नानाभाँती लगाएर चुक्ली
लत्याएर सबै कुरा खिज्याउन खोजेँ

copy right @कोमल भट्ट,
हाल:-न्युयोर्क,अमेरिका
कार्तिक २१ ,२०६९

Posted by Butwalonline on 8:09 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गज़ल"

Leave a reply