|

गज़ल

"मर्नु सम्म मरिसक्यो अब मर्ने छैन
************************
मर्नु सम्म मरिसक्यो,अब मर्ने छैन
पर्नु सम्म परिसक्यो,अब पर्ने छैन

अभाव र बेदनामा,पिल्सिएर आँशु
झर्नु सम्म झरिसक्यो,अब झर्ने छैन

वारी पारी जता ततै, हण्डर र चोट
छर्नु सम्म छरिसक्यो,अब छर्ने छैन

प्रकृतिले ठग्ने कहिले,दैव पनि ठग्ने
गर्नु सम्म गरिसक्यो,अब गर्ने छैन

मन भित्र दुख,दर्द ,पीडा,कष्ट आदि
भर्नु सम्म भरिसक्यो,अब भर्ने छैन

copy right @कोमल भट्ट,
रोचेस्टर , न्युयोर्क l
1st November ,2012 .

Posted by Butwalonline on 10:55 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गज़ल "

Leave a reply