गज़ल
आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाईसंसार भरी गनाइहाल्यौ सबले चिने तिम्लाई
देशको मुहार फेर्छु भन्दै सबलाई झुक्याएर
ठूलै महल बनाइहाल्यौ सबले चिने तिम्लाई
चिच्याइ चिच्याइ बाँडेका ती मीठा आश्वासन
खाडलमा खन्याइहाल्यौ सबले चिने तिम्लाई
माखो मार्न नसक्दा नि इमान्दार र राम्रो
जबर्दस्ती भनाइहाल्यौ सबले चिने तिम्लाई
भोक,रोग र अशिक्षाले पिल्सेकालाई बिर्सी
सधैँ उत्सव मनाइहाल्यौ सबले चिने तिम्लाई
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:न्युयोर्क,अमेरिका
23 November,2012


प्रिय Butwal Online,
यो अत्यन्तै सद्भावाना र स्नेहकोलागि हार्दिक आभार सहित धन्यवाद !!
उत्तरोत्तर प्रगतिको कामना गर्दछु l