|

नेकपा-माओवादीले बुझायो प्रधानमन्त्री भट्टराईलाई ७० बुँदे माग पत्र

काठमाडौं, भाद्र २५ - नेकपा-माओवादी ले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ७० बुँदे माग पत्र बुझाएको छ । नारा र जुलुससहित सिंहदरबार प्रवेश गर्न पुगेको टोलीलाई सुरक्षा कर्मीले अनामनगर हनुमानस्थानमा नै रोकेपछि प्रतिनिधिमात्र सिंहदरबार प्रवेश गरेका थिए ।

दिनको १ बजे माग पत्र बुझाएको नेकपा-माओवादी का उपाध्यक्ष सीपी गजुरेलले बताए । माग पत्र बुझाएपछिको कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले भट्टराई सरकार मुलुकको अग्रगतिका लागि बाधक बनेको बताए । उनले भने, ‘हामी अहिले नै हतियार उठाउने पक्षमा छैनौं तर हाम्रा मागप्रति बेवास्ता गरिए हातमा दही जमाएर बस्ने अवस्थामा पनि छैनौं ।’समाचार कांतिपुर बाट

Posted by Butwalonline on 3:15 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेकपा-माओवादीले बुझायो प्रधानमन्त्री भट्टराईलाई ७० बुँदे माग पत्र"

Leave a reply