अनेरास्ववियद्धारा राजयपुर्नसंरचनाको आधार नमूना जनमत संग्रह
विनोद परियार,रुपन्देही,२जेठ । अनेरास्ववियू रुपन्देहीले गरेको नमूना जनमत संग्रहमा राज्यको पुर्नसंरचना भोगौलिक सास्कृतिक तथा आर्थिक सामथ्र्यको आधारमा गर्न सर्वसाधरणले मत दिएका छन् ।
कुल सय ६ सय ५१ जनाले जनमत संग्रहमा भाग लिएकोमा ५ सय जनाले राजयपुर्नसंरचनाको आधार भोगौलिक सास्कृति तथा सामथ्र्यको आधारमा गर्न मत दिएका हुन । बहुजातिय पहिचान र सामथ्र्यको आधारमा १ सय १९ र एकल जातिय पहिचानको आधारमा १८ मत खसेको थियो । १४ जनाको मत बदर भएको थियो ।
यस्तै शासकीय स्वरुप कस्तो हुने भन्नेमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा बढि जनमत संकलन भएको छ । ३ सय २२ ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रि,१ सय २२ ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र १ सय ७९ जनाले मिश्रित प्रणलीका पक्षमा मत दिएका हुन । यसैगरि यस क्षेत्रको प्रदेशको नाम लुम्बिनी राख्न अत्यधिक मत खसेको छ ।
लुम्बिनी प्रदेशका पक्षमा ५ सय ९० ,लुम्बिनी थरुहट प्रदेशका पक्षमा २७ र सिद्धार्थ प्रदेशको पक्षमा २२ जनाले मत दिएको निर्वाचन आयुक्त गोविन्द खनालले जानकारी दिए । पछिल्लो समयमा राज्यपुर्नसंरचना र सासकीय स्वरुपका बारेमा बहस भईरहदा अहिखलले बुटवलको मिडियाचोकमा मंगलबार दिउसो २ देखि ४ बजेसम्म नमुना जनमतसंग्रह गरेको हो । अनेरास्ववियूका रुपन्देही अध्यक्ष यमराज पाण्डेका अनुसार बुटवल क्षेत्रका विद्यार्थी,उद्योगाीब्यवसायि लगायत विभिन्न सर्वसाधरणले जनमत संग्रहमा भाग लिएका थिए । संकलित जनमत संग्रहलाई प्मुख जिल्ला अधिकारी मार्फत सभामुखलाई पठाईने अखिलले जनाएको छ ।