यात्रुबसमा खुकुरी देखाई लुटपाट सह–चाल घाइते
मकवानपुर, वैशाख ११- काठमाडौंबाट राजविराजतर्फ जाँदै गरेको ना.४ ख ६०७० नम्बरको यात्रु बाहक बसबाट नगदलगायतका धनमाल लुटपाट भएको छ। मनहरी–७ ज्यामिरे लच्का भन्ने स्थानमा सोही बसमा आएका ४/५ जना अपरिचित व्यक्तिले दिउसो २ बजे खुकुरी देखाई लुटपाट गरेका हुन।
लुटेराले यात्रुहरुको नगद ७० हजार रुपियाँ, ४ वटा मोबाइल सेट, आधा तोलाको सुनको टप १ जोर र आधा तोला सुनको सिक्री १ थान लुटेको प्रहरीले जनाएको छ।
अभियुक्तहरुले उक्त बसका सह–चालकलाई समेत खुकुरी प्रहार गर्दा घाइते भएकाले उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको छ। फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।
समाचार नागरिक न्यूज बाट