|

नेपालमै मान्छेको किन-बेच,किशोरीलाई किन्ने एक युवा पक्राउ


नेपालगन्ज, वैशाख ११ - एक किशोरीलाई किनेर घरमा राखेको आरोपमा प्रहरीले बाँके होलियाका एक जना युवालाई सोमबार पक्राउ गरेको छ । 
रोल्पा, गौरीगाउँकी १४ वर्षीया देवा विकलाई विवाह गर्ने निहुमा किनेर राख्दै आएका होलियाका ३५ वर्षीय पन्चम बाहुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षक उदय तामाङले बताए ।
बाहुनले २०६८ साउन १५ गते विवाह गरी ती किशोरीलाई राखेको बताएका छन् । तर प्रहरीले रोल्पाकै एक महिलाले १७ हजार रुपैयाँका बिक्री गरेको उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बिक्री गर्नेहरूको खोजी थालेको जनाएको छ ।
समाचार कान्तिपुर बाट 

Posted by Butwalonline on 7:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालमै मान्छेको किन-बेच,किशोरीलाई किन्ने एक युवा पक्राउ"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु