मिडियाकपको उपाधी रेडियो बिहानीलाई
रामचन्द्र भण्डारी, रेडियो बिहानी, धादिङ
धादिङ कृषि पर्यटन तथा औधोगिक मेला २०६८ को अवसर पारेर आयोजना गरिएको मैत्रीपर्ूण्ा मिडिया कप फुटवल प्रतियोगिताको उपाधी रेडियो बिहानीले जितेको छ । आज भएको फाईनल प्रतिस्पर्धामा जनमुक्तिमार्ग साप्ताहिक तथा नागरिक खवर साप्ताहिकको समूहलाई ० का विरुद्ध एक गोल अन्तरले पछि पार्दै रेडियो बिहानीले उपाधी हात पारेको हो । यसअघि आजै भएको पहिलो खेलमा रेडियो बिहनीले रेडियो लोकतन्त्रलाई १ का विरुद्ध ३ गोल अन्तरले पछि पारेको थियो । रेडियो बिहानीका लागि सबै गोल टिम क्याप्टेन ठाकुर गुरुङले गर्नुभएको हो । रेडियो बिहानी ठाकुर गुरुङ र रेडियो लोकतन्त्र मनिस दुवाडीको नेत्रृत्वमा मैदानमा उत्रिएको थियो । धादिङका मिडिया र मिडियाकर्मी बीचको सम्बन्ध अझै सुदृढ पार्ने उद्देश्यले आयोजित प्रतियोगिता सौहार्दपर्ूण्ा वातावरणमा सम्पन्न भएको छ । प्रतियोगिताको विजेता रेडियो बिहानीले नगद १० हजार रुपैंया सहित सिल्ड र प्रमाणपत्र तथा उप-विजेता जनमुक्तिमार्ग साप्ताहिकले ८ हजार नगद सहित सिल्ड र प्रमाणपत्र हात पारेको छ ।
यसैबीच "संवृद्ध धादिङको परिकल्पना, कृषि तथा पर्यटनको विकास र उद्योगको स्थापना" भन्ने मुल नाराका साथ आयोजित धादिङ, कृषि पर्यटन तथा औधोगिक मेलाको तेस्रो दिन आज करिव ८ हजार दर्शकले मेला अवलोकन गरेको आयोजकले दावी गरेको छ । मेलाको तेस्रो दिन आज लोक गायक पशुपति शर्मा, गायिका शिला आले, हास्य कलाकार कमल गाउँले, श्रीप्रसाद थापा लाहुरे तथा गायक रमेशराज भट्टर्राईले आफ्नो प्रस्तुतीबाट दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो साँस्कृतिक प्रस्तुती प्रस्तुत गर्दा अवलोकनकर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए । मेलाको अवसरमा जिल्लाका महत्वपर्ूण्ा पर्यटकीय स्थलको दृष्यावलोकनका लागि हवाई यात्रा र त्रिशुली नदीमा जलयात्राको समेत व्यवस्था गरिएको थियो । मेलमा धादिङका अलावा देशभरका विभिन्न जिल्लाबाट हजारौं अवलोकनकर्ताहरुको उपस्थिति रहको थियो । यहि फागुन महिनाको २५ गतेसम्म चल्ने मेलामा धादिङमा उत्पादित विभिन्न कृषि उपजहरुको पर््रदर्शनी, पर्यटकीय स्थलहरुलाई चिनाउने विभिन्न स्टलहरु, सञ्चारमाध्यम तथा बैंक र वित्तिय संस्थाहरुको समेत स्टलरहेको छ । मेलामा भोली गायक प्रमोद खरेल, राजु ढकाल, टिका पुन र हास्यकलाकार जितु नेपाल लगायतका राष्ट्रिय र स्थानीय कलाकाहरुको प्रस्तुती रहने भएको छ ।