|

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा बन्द राजधानी लगायत मुलुकको विभिन्न भागमा जनजीवन प्रभावित

काठमाडौ, माघ ११ - पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा विभिन्न राजनीतिक दल निकट युवा तथा विद्यार्थी संघ संघठनहरुले आव्हान गरेको बन्दले राजधानी लगायत मुलुकको विभिन्न भागमा जनजीवन प्रभावित भएको छ ।

१३ विद्यार्थी र ९ युवा संगठनले संयुक्त रुपमा बन्दको आव्हान गरेका हुन् । सत्तापक्षीय माओवादीका भातृसंगठन पनि आन्दोलनमा सहभागी छन् ।

पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार उपत्यका बन्दको मात्र आव्हान गरिएपनि विभिन्न जिल्लाहरुमा पनि बन्द गराइएको छ । उपत्यकाका सडकहरु विहानैदेखि सुनसान छन् । सडकमा यातायातका साधन देखिएको छैन । बन्द सफल पार्न ठाउँ ठाउँमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी रविराज श्रेष्ठले बन्द कर्ताले ठाउँ ठाउँमा प्रदर्शन जारी राखेपनि बिहान ९ बजेसम्म कुनै अप्रिय घट्ना नभएको र कसैलाई पक्राउ नगरिएको ईकान्तिपुरलाई बताए ।

आन्दोलनमा तरुण दल, वाईसीएल, युवा संघ, नेविसंघ,अनेरास्ववियू,अखिल क्रान्तिकारी, मधेशी मोर्चामा आवद्ध विभिन्न दल निकट युवा तथा विद्यार्थी संगठन लागायतको सहभागिता रहेको छ । ती संगठनहरुले थप आन्दोलनको कार्यक्रम आजै घोषणा गर्ने तयारी गरेका छन् ।
                                                                                                                                          स्रोत :कांतिपुर

Posted by Butwalonline on 6:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा बन्द राजधानी लगायत मुलुकको विभिन्न भागमा जनजीवन प्रभावित"

Leave a reply