आफ्नै घरको छतबाट खसेर मृत्यु
काठमाडौ, मंसिर १९ - कैलालीको बलियामा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । बलिया गाविस-२ बलियाका ५४ वर्षीय चन्द्रबहादुर बोगटीको आइतबार राति आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।
मृतक बोगटी बत्ती गएको समयमा छतबाट तल आउने क्रममा छतमा रहेको फलामे छडमा बल्झीदा छतबाट खसेको उनका आफन्त लिलाराज खत्रीले बताए ।
छतबाट खस्दा उनको घाटी भाँचिएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगीएको थियो । उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा उनको मृत्यु भएको हो ।
स्रोत :कान्तिपुर