रुख ढलेर च्यापिएपछि बाबुको मृत्यु, छोरा घाइते
बाजुरा, श्रावण ५ - लगातारको वर्षाले बाजुराको मार्तडी-१ मलेयासैनमा बुधबार राति भैंसी खर्कमाथि रुख ढलेपछि रजातोलीका ४२ बर्षीया जयलाल संञ्यालको मृत्यु भएको छ । उनका १६ बर्षीया छोरा टिका गंम्भीर घाइते भएका छन् ।
गाउँदेखि २ घण्टाको दुरीमा रहेको मलेयासैनको भैंसी खर्कमा बसिरहेको अवस्थामा लगातारको वर्षाले माथिबाट रुख ढलेर खर्कमा परेपछि च्यापिएर सञ्ज्यालको घटना स्थलमै मृत्यु भएको छिमेकी कर्ण उपाध्यायले बताए ।
उनीसंगै खर्कमा राखिएको भैंसीको पाडो समेत च्यापिएर मरेको छ । प्रहरीको एक टोली घटना स्थलमा जान लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना स्थल सदरमुकाम मार्तडी देखि ४ घण्टाको पैदल दुरीमा पर्दछ ।
Source:Kantipurnews